दफा ३०
बोर्डले आदेश वा निर्देशन दिन सक्ने
(१) बोर्डले वस्तु विनिमय बजार र कारोबारको स्थिति तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित पक्षलाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम कुनै काम गर्न वा नगर्न आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।
(२) अनुमतिपत्र प्राप्त संस्थाको कुनै सञ्चालक, पदाधिकारी वा कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बोर्डले दिएको आदेश वा निर्देशन उल्लङ्घन गरेमा त्यस्तो सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई आवश्यक कारबाही चलाउन सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई आदेश दिन सक्नेछ ।
(३) दफा ३२ बमोजिम पेश भएको निरीक्षण वा सुपरीवेक्षण प्रतिवेदनको आधारमा बोर्डले अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित पक्ष वा सम्बन्धित संस्थाको सञ्चालक वा कर्मचारीलाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम कुनै काम गर्न वा नगर्न निर्देशन दिन सक्नेछ ।